Breaking

खडकराज पौडेलको ‘लौरो’चिन्ह खोसियो


काठमाडौँ — अटेरी नामक अभियानबाट पोखरा महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका खडकराज गनेस पौडेलले पाएको चुनाव चिह्न ‘लौरो’ फिर्ता भएको छ । उनले शनिबार बिहानमात्रै उक्त चुनाव चिन्ह पाएर प्रचारप्रसारमा लागेका थिए । पौडेलले निर्वाचन कार्यालयले बिहान १० बजे आफूहरुलाई चिह्न छनोट गर्न लगाएर दिउँसो दिन नसकिने भन्दै खबर दिएको जानकारी दिए । ‘पहिले अरु स्वतन्त्र साथीहरुलाई चुनाव चिह्न रोज्न लगाएर बचेको लौरो मैले लिएको हुँ ।

तर, घर आइसकेपछि दिन्न मिल्दैन भन्दै खबर पठाएको छ,’ उनले भने । मुख्य निर्वाचन अधिकृतक श्रीकृष्ण भट्टराईले आफूहरुको प्राविधिक त्रुटिका कारण पौडेलले लौरो चिह्न पाएको तर, पोखराको हकमा दिन नमिल्ने निर्वाचन आयोगले परिपत्र पठाएको जानकारी दिए । पोखराको मेयरका लागि २ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।