समाचार

कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


काठमाडौँ — काठमाडौँ कोटेश्वरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

कोटेश्वरका भाटभटेनी नजिक भएको दुर्घटनामा चालक काभ्रपलाञ्चोक उग्रतारा ७ बस्ने २२ वर्षिय सचिन श्रेष्ठको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ । उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा गएराति सवा १० बजे मृत्यु भएको हो ।

गएराति करिब १० बजे बालकुमारीबाट कोटेश्वर तर्फ आउँदै गरेको प्रदेश ३–०२ ००५ प ५८७७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको नालीमा खसेको ट्राफिक प्रहरी प्रभाग कोटेश्वरले जनाएको छ ।