Breaking

लोसपाले आज घोषणापत्र सार्वजनिक गर्ने


काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले स्थानीय तह निर्वाचनका लागि शुक्रबार घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान साढे ११ बजे पत्रकार सम्मेलन गरी घोषणापत्र सार्वजनिक गर्न लागेको लोसपा कार्यालय सचिव रञ्जित झाले जानकारी दिए ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रबाहेक सबै दलले घोषणापत्र सार्वजनिक गरिसकेका छन् । माओवादी केन्द्रले भने स्थानीय तहको घोषणापत्र केन्द्रले सार्वजनिक नगर्ने बताएको छ ।