काठमाडौँ — निर्वाचन नजिकिएसँगै राजनीति दल र उम्मेदवारहरु यतिवेला चुनावी दौडधूपमा छन् । साथै निर्वाचन स्वच्छ, मर्यादित र भयरहित होला ? भन्ने सर्वत्र चासोको विषय बनेको छ । निर्वाचनलाई थप व्यवस्थित र भयरहित बनाउन के गर्नुपर्ला ? संघीयता कार्यन्वयनपछिको दोस्रो स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा हुँदैछ । मुलुक निर्वाचनमय भएको छ । राजनीतिक दल र उम्मेदवारहरुमा चुनावी सरगर्मी बढेको छ । निर्वाचनको मत परिणामा आफ्नो पक्षमा पार्न उम्मेदवार,राजनीतिक दल र दलका नेता कार्यकर्ता रणनीतिक योजना सहित धमाधम नागरिकको घरदैलोमा पुग्न थालेका छन ।
प्रतिस्पर्धामा जीत हार हुने भए पनि साम दाम, दण्ड भेद प्रयोग गरेर जसरी भएपनि निर्वाचन जित्ने दलहरुको प्रवृत्तिको कारण कतिपय स्थानमा हिंस्रक र अराजक गतिविधि हुने गरेको पाइन्छ । निर्वाचनताको सुरक्षा कति संवेदनशील छ, आसन्न निर्वाचनका लागि छुट्याइएको सुरक्षा बजेट र सुरक्षाको चाँजोवाँजो नियाले पुग्छ । २०७४ सालमा निर्वाचन बहिष्कार गर्ने विप्लब समुहदेखि सिके राउतसम्मलाई जोखिमका रुपमा लिइएको थियो । यसपटक तत्काल निर्वाचन नै बहिष्कार गर्ने समुह देखिएका छैनन् । यद्दपी राजनीतिक दलहरुबीचको प्रतिस्पर्धा र चुनावी तिक्ततmा केहि चुनौती बन्न सक्छ ।
आगामी निर्वाचनमा आम मतदातालाई सुरक्षाको प्रत्याभूति गराउन र स्वच्छ, निष्पक्ष र भयरहित रुपमा मतदानको वातावरण बनाउन के गर्नुपला ? राजनीतिक दलहरू निर्वाचनको समयमा उत्ताउलो, गैरजिम्मेवार, अनुशासनहीन व्यवहारका कारणे आचारसंहिता उल्लघन घटना बढीरहेका छन् । तर निर्वाचन आयोगले भने निर्वाचनलाई भयरहित वातावरणमा स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सक्रिय रहेको दाबी गर्दै आएको छ । आयोगले निर्वाचन आचारसंहितामा कडाई गरिरहेको दाबी गरे पनि दलहरुको गतिविधि भने अनुसासित हुन सकेका छैनन् । यसप्रति आयोगको ध्यानाकर्षण हुन जरुरी देखिन्छ ।


प्रतिक्रिया