देश

यो मुख हेर्ने बेला होइन, रुख हेर्ने बेला हो: शर्मा


काठमाडौँ — कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा पार्टीको निर्णयविरुद्व उम्मेदवारी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले अहिले मुख हेर्ने भन्दा पनि रुख हेरेर मतदान गर्नुपर्ने बेला रहेको बताए ।

‘व्यक्ति जो–जो भए पनि रूख चिहृन लिएर उठेको व्यक्ति कांग्रेसको उम्मेदवार हो, हामी केही अप्ठ्यारोहरू बेहोरिरहेका छौँ । पार्टीमा हामीले पनि चाहेजस्तै गरी सबै कुरा भइरहेको छैन,’ महामन्त्री शर्माले भने, ‘त्यसैले म अपिल र आग्रह गर्न चाहन्छु– देशभरिका साथीहरूलाई उम्मेदवारी दर्ता भइसकेर टुंगोमा पुगिसकेको यो बेलामा अब मुख हेर्ने होइन, रूख हेर्ने हो । यो बेला नेपाली कांग्रेस पार्टीलाई विजयी गराउन एकढिक्का भएर लाग्ने बेला हो । महामन्त्री शर्माले भने ।