Breaking

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने


काठमाडौँ — वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारको नामावली निर्वाचन आयोगले आज प्रकाशित गर्दैछ ।
उम्मेदवारको मनोनयनविरुद्ध परेका उजुरीको जाँचबुझ सकेर आजै साँझसम्ममा नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचनका लागि यही वैशाख ११ र १२ मनोनयन दर्ता भएको थियो । करिब ३६ हजार पदका लागि देशभरबाट १ लाख ५२ हजार ४ सय ५५ जनाले उम्मेदवारी दिएका छन् । विगतका निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीमा नाम रहेका करिब १५ जना व्यक्तिको उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ ।

वैशाख १६ गते साँझसम्म उम्मेदवारले मनोनयन फिर्ता लिन सक्नेछन् । उम्मेदवारको अन्तिम नामावली पनि शुक्रबारै प्रकाशित गर्ने र १७ गते उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।