देश

ओलीलाई गगन थापाको जवाफ: बालकोट गएर भ्याएको बेला ट्युसन पढाउँछु


काठमाडौँ — एमाले अध्यक्ष ओलीलाई गगन थापाको जवाफ बालकोट गएर भ्याएको बेला ट्युसन पढाउँने संज्ञा दिएका छन् ओलीले कांग्रेसले आफ्नो समृद्ध नेपाल सुखी नेपालीको नारा चोरेको आरोप लगाएको भन्दै थापाले ओलीले भनेको समृद्धि र कांग्रेसले भनेको समुन्नतिमा धेरै भिन्नता रहेको बताए । ‘अलिकति भ्याएको बेला बालकोट गएर ट्युसन पढाउँछु । समृद्धिको आइडिया चोरेर लगिदेला भनेर अनिदो नबस्नु ससमृद्धि तपाईंकै आइडिया हो’ उनले भने । तपाईंको समृद्धिमा अहंकारको भ्यूटावर छ । हाम्रो समुन्नतको आइडियामा भ्यूटावरबाट देखिने मान्छेको दुख हल गर्ने उपाय छ ।

उनले आफूहरुको घोषणापत्रलाई ओलीले ‘पागलहरुको प्रलाप’ भनेको विषयमा प्रतिक्रिया जनाउँदै यस्तो बताएका हुन् । जसको मुखमा अंगार छ उसले ओकल्ने कालो नै हो,” उनले भने, “केपी ओलीले ककसलाई पागल भन्नुहुन्छ केही पहिला सुशीला कार्की र गोविन्द केसीलाई पागल भन्नुभयो । अहिले हामीलाई । उहाँको झुटलाई च्यालेन्ज गर्नेलाई गाली गर्ने नै पागल भनेर हो उहाँले । उनले बढी सनकमा जाँदा शरीरलाई असर पर्ने भन्दै त्यसो नगर्न आग्रह गरे । बूढा बा सनक्क गर्दा शरीरलाई असर गर्न सक्छ,” उनले भने, “केपी ओलीलाई लजिक मन पर्दैन मेजिक मन पर्छ ।