देश

नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुर अध्यक्षद्वारा पार्टी परित्याग


काठमाडौँ — स्थानीय निर्वाचनका लागि उम्मेदवारको टिकट वितरणमा असहमति राख्दै नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणको विषयमा पार्टीले चालेको कदमको विरोध गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गरेका थिए ।

उनीसँगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसीले पनि पार्टी परित्यागको घोषणा गरेका छन् । उनले मनहरी, राक्सिारङ र कैलाशमा पार्टीले गठबन्धन गर्न असफल भएको र परिचित र संगठन निर्माणको काममा लागेकाहरुलाई बेवास्ता गरेको भन्दै पार्टी परित्याग गरेको बताए । पोखरेल र डीसी नेकपा एमाले विभाजनपछि नेकपा एस मा आवद्ध थिए । उनीहरु दुवैले तत्काल कुनै पनि पार्टीमा प्रवेश नगर्ने बताएका छन् ।