Breaking

को हुन् बुद्धिकिरण राई ? जस्ले फेरि माप्यमा ५ वर्ष राज गर्दैछन् ?


काठमाडौँ — सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकामा पुन ५ वर्षे कार्यकाल बुद्धिकिरण राईले नै राज गर्ने निश्चित देखिएको छ ।

माप्य दुधकोशी गाउँपालिकामा बुद्धिकिरण राई निर्वाचित भएर ५ वर्ष गरेको विकास निर्माणको कामले उनलाई यस अवधीमा झनै लोकप्रिय बनाएको छ । ४२ वर्षीय युवा राजनीतिकर्मी बुद्धिकिरण राई माप्यदुधकोशी गाउँपालिकाकै एक सफल र संघर्षशील राजनीतिकर्मी हुन् ।

उनी मानिसहरुका अगाडी धेरै नबोल्ने, शालिन व्यक्तित्व मानिन्छन् । रिस र आवेग कम भएका, कसैको चित्त नदुखाउने साधारणपन भएका राई कार्यकर्ता तथा जनतालाई रिजाएर राख्न सिपालु छन् ।

उनले ५ वर्षे कार्यकालमा हरेक वडामा आवश्यक विकासका पूर्वाधारहरुका बारेमा प्राथमिकिकरण गरेर बजेट विनियोजन गरेका थिए । सडक, कृषि, पशुपालन, शिक्षा, स्वरोजगार, स्वास्थ्य, खेलकुद जस्ता क्षेत्रमा समावेशि विकासको मोडल अपनाएका थिए ।

जसका कारण यस पटक पनि उनलाई माप्य दुधकोशी गाउँपालिकाका जनताले रुचाउने देखिन्छ । माप्य–खुम्बु जोड्ने मोटरेबल पुल, सल्लेरीदेखि खुम्बु जोड्ने सडकलाई प्राथमिकता, दुधकोशी माथि वाकु जाने कायाघाट पुल, उनको कार्यकालको महत्पूर्ण उपलब्धीहरु हुन् । यस बाहेक भोकखोला पुल निर्माणाधिन अवस्थामा छ ।

अध्यक्ष राईले यस वर्षदेखि सदरमुकाम सल्लेरीदेखि ओर्लाङघाटसम्मको सडकलाई कालोपत्रे गर्ने तयारी गरेका छन् । उक्त योजनाका लागि ७० करोड बजेट समेत विनियोजन भई काम सुरु भइसकेको छ । अध्यक्ष राईले भने, ‘उक्त सडक कालोपत्रे गर्ने योजना पूरा गर्नका लागि पनि म पुन अध्यक्ष बन्नै पर्ने स्थिति आयो ।

अबको ५ वर्ष मैले यस अघि जग बसाएका योजनाहरु पूरा गरि विकासको नयाँ चरणमा माप्यदुधकोशीलाई पुर्याउनेछु ।’ उनले गएको कार्यकालमा १५ शैयाको अस्पताल निर्माण, वडा नम्बर २,४ र ७ मा आधाभूत स्वास्थ्य केन्द्रको निर्माण, खाली माध्यमिक विद्यालयमा खेलमैदान निर्माण, वडा नम्बर ७ मा आधारभूत तहको हिमालय माध्यमिक विद्यालयलाई माध्यमिक तहसम्म सञ्चालनको व्यवस्था मूलभूत रुपमा सम्पन्न भएका योजनाहरु हुन् ।

सबै वडाहरु अहिले सडक सञ्जालबाट जोडिएको छ । दुधकोशी माथि बनेका दुई वडा मोटरेबल पुलहरुले विकट मानिएको वाकुलाई सुगम बनाइदिएको छ । उनले यसै वर्ष माप्यदुधकोशी गाउँपालिका भवन पनि निर्माण गरि सञ्चालनमा ल्याएका छन् । समीक्षालय हल देखि विभिन्न वडाहरुमा सामूदायिक भवनहरुको निर्माण राईको कार्यकालमा सम्पन्न भएका छन् ।

कृषि कार्यक्रम अन्तर्गत गाउँका युवाहरुलाई अनुदान दिई स्वरोजगार बनाइएको छ । खेलकुद क्षेत्रलाई बढवा दिन अध्यक्ष राईले बृहत रंगशाला निर्माण योजना पनि अघि बढाएका छन् । वडा नम्बर ४ स्थित कोर्कुडाँडामा निर्माणाधिन अवस्थामा रहेको रंगशालाको जग्गा प्राप्ति, सम्याउने देखि महत्वपूर्ण काम सम्पन्न भइसकेका छन् ।

यस वर्ष उक्त रंगशालामा भलिबल प्रतियोगिता समेत आयोजना सम्पन्न भइसकेको छ । भलिबल, फूटबल, कराँते, बक्सीङ, आर्चरी लगायतको खेल एकैपटक आयोजना गर्न सकिने गरी रंगशालाको निर्माण थालिएको हो । उक्त योजना आगामी कार्यकालमा पूरा गरिसक्ने अध्यक्ष राईले बताए ।