देश

चुनाव सार्न गठबन्धनले वकिलहरूसँग परामर्श भइरहेको छ: अध्यक्ष ओली


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन सार्ने प्रयत्न अझै भइरहेको आरोप लगाएका छन् । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता सकिएको भोलिपल्ट पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले चुनाव सार्ने प्रयत्न भइरहेको आरोप लगाएका हुन् ।मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसमा मंगलबार सानेपामा बोल्दै ओलीले चुनाव सार्नका लागि कांग्रेस, माओवादी, एकीकृत समाजवादीलगायतको गठबन्धन लागिपरेको बताएका हुन् ।

यो गठबन्धन अपराधको श्रृंखलाबाट सिर्जना भएको अपराधी कुराबाट अपराधी तरिकाले सिर्जना भएर अपराधका लागि जन्मिएको यो गठबन्धन प्रतिगामी गठबन्धन भएको हुनाले यसले चुनाव सार्ने भरपूर कोसिस गर्‍यो, अझै पनि मुद्दा हालेर चुनाव सार्न सकिन्छ कि भनेर परामर्श भइराख्या छ वकिलहरूसँग,ु उनले भने । एमालेले कुनै पनि हालतमा चुनाव सार्न नदिने ओलीले बताए ।