Breaking

माप्य गाउँपालिकामा एमाले विजयी भइसक्यो, ३० गते घोषणा मात्रै गर्ने हो: बुद्धिकिरण राई


काठमाडौँ — सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका अध्यक्षका उमेद्वार एवं एमाले नेता बुद्धिकिरण राईले माप्यको सबै पदाधिकारीमा एमालेको जित भइसकेको दावी गर्दै बैशाख ३० मा मतदानको विधि मात्रै पूरा गर्न बाँकी रहेको बताउनुभएको छ । आज माप्य दुधकोशी गाउँपालिकाको वडा न्म्बर २ स्थित राप्छा संगम टोल समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्षका उमेद्वार राईले माप्यदुधकोशी गाउँपालिका एमालेको किल्ला भएको बताउनुभयो ।

आगामी बैशाख ३० को निर्वाचनमा गठवन्धनमा रहेका उमेद्वारहरु पत्तासाफ हुने दावी गर्दै उहाँले एमालेले बैशाख ३० मा जनताको मनको बैधता मात्रै लिन बाँकी रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, बैशाख ३० सम्म त गठवन्धनमा रहेका उमेद्वारहरुले जनतासंग परिचय गर्न पनि नभ्याउने व्यंग्य गर्नुभयो । आफूले अघिल्लो कार्यकालमा विकासका जगहरु सबै वडामा बसालेको बताउँदै अब ती योजनाहरु पूरा गर्नका लागि पुन गाउँपालिकामा ५ वर्ष रहन जनताले सुझाव दिएको बताउनुभयो । जनताको चाहनाकै कारण आफू पुन गाउँपालिका अध्यक्षमा उमेद्वार बन्नु परेको उहाँको भनाई छ ।

उक्त कार्यक्रममा उपाध्यक्षका उमेद्वार जुनीता माया मगरले पुन पुरानै समूह गाउँपालिकाको आजको आवश्यकता भएको बताउनुभयो । अघिल्लो कार्यकालमा सोलुखुम्बु जिल्लाका अन्य स्थानीय तहमा भन्दा राम्रो काम गरेको मगरको भनाई छ । सो अबसरमा नेपाली काँग्रेससहित विभिन्न पार्टीमा रहेका र भर्खरै मतदाता भएका १० जना भन्दा बढि युवाहरु एमालेमा प्रवेश गरेका छन् ।