देश

टिकट नपाउँदैमा पार्टी नछाडौं: अध्यक्ष ओली


काठमाडौँ पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीले छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताएका छन् । मनमोहन अधिकारीको २३औं स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले मंगलबार आयोजन गरेको कार्यक्रममा उनले मनमोहन अधिकारीले अनेक दुःखकष्ट सहेर भए पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताएका हुन् ।

उनले वडामा टिकट पाइएन भने पार्टी छाड्छु नभनी पार्टीले गरेको निर्णय मान्नुपर्ने बताए । हाम्रो पार्टीमा नातावाद र कृपावाद नरहेको स्पष्ट पार्दै उनले सबै नेता तथा कार्यकर्तालाई यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन र एमालेका उम्मेदवारलाई जिताउन आग्रह गरे ।