Breaking

आङकाजी शेर्पाको पक्षमा सोलुमा उर्लियो माहोल, यस्तो छ चुनाव जित्ने आधार


काठमाडौँ — यतिबेला देशका सबै स्थानीय तहहरु निर्वाचनमय भएको छ । त्यस्तै सोलुखुम्बुमा पनि चुनावी सरगर्मी बढेको छ । हिजो अबेर सम्म मनोनयन दर्ता गरिसकेपछि आज बिहानदेखि सोलुखुम्बुमा भोट माग्नेको लर्को लागेको छ ।

सोलुखुम्बुमा तीन प्रमुख पार्टी चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये अहिलेसम्म नेकपा एमालेको शक्ति प्रदर्शन भएको देखिन्छ । नेपाली कांग्रेसमा एकदशक राजनीतिक जिवन विताएका आङकाजी शेर्पालाई एमालेले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाको मेयरको उम्मेद्वार भएसँगै जित निश्चित जस्तै भन्दै गएको स्थानीयहरु बताउँछन् ।

शेर्पा सोलुखुम्बुको लागि राजनीति व्यक्ति मात्रै नभएर समाजसेवी समेत रहेकाले मतदाताको रोजाईमा पर्ने धेरैको बुझाई छ । शेर्पा एमाले प्रवेश गरेसँगै कांग्रेसको मतदाता उथलपुथल भएको एमालेका नेताहरु बताउँछन् । यस्तै उपमेयरका लागि मनकुमारी बस्नेत मनोनयन दर्ता गरएका छन् ।

मेयरका उम्मेद्वार शेर्पा सामाजिक कार्यमा पनि अग्रपंक्तिमा पर्ने व्यक्ति हुन् । बौद्धमार्गीहरुको सामूदायिक संगठन शेर्पा सेवा केन्द्रका शेर्पा वर्तमान महासचिव हुन् । उनी मुलतः व्यवसायी हुन् । पर्यटन, होटल व्यवसाय उनको मुल व्यवसाय हो । उनले करिव एक दशक निर्माण व्यवसायीको रुपमा समेत काम गरेका छन् । ओखलढुंगा–सोलु सडक कालोपत्रे उनैले गरेका हुन् ।

हाल उनी नेपालकै पाँचौ एचडी टीभी च्यानल योहो टेलिभिजनका अध्यक्ष समेत हुन् । उनी गाउँमै कृषि उपार्जन र उद्योग सञ्चालन गरी गाउँलाई विकासमा रुपान्तरण गर्नु पर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुन् । उनले सोलु नगर क्षेत्रमै पर्ने उनको जन्मस्थान केरुङमा दुई सय रोपनी भन्दा बढि जमिनमा ओखर र स्याउ खेती, बाख्रापालन, भैँसी पालनदेखि कुखुरा पालनसम्मका करोडौँ रुपैयाँ लगानीमा फार्म सञ्चालन गरिरहेका छन् ।

गाउँमै मिनरल वाटरको उद्योग, इट्टा उद्योग सञ्चालनका लागि समेत तयारी गरिरहेका छन् । गाउँमा विकासका कार्यहरु अघि बढाए मात्रै नगरको समृद्धि हुने उनको बुझाई छ । आफू नगरपालिकाको मेयर भए गाउँमा हरेक युवाहरुलाई यस्तो व्यवसाय सञ्चालनका लागि अभिप्रेरित गर्ने लक्ष्य लिएका छन् ।