Breaking

शे-फोक्सुन्डो गाउँपालिका अध्यक्षमा दावासम्डुक निर्विरोध निर्वाचित


काठमाडौँ — कर्णाली प्रदेशको डोल्पा जिल्लाको से फोक्सुन्डो गाउँपालिकामा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका अध्यक्ष दावासम्डुक गुरुङ निर्विरोध भएका छन् ।

उनीसहित सोही गाउँपालिका वडा नं १,३,५,६,७ र ९ का वडाध्यक्षहरु क्रमशः जिक्मेछोइङ लामा, पेमागिर्मे गुरुङ, कार्मातार्के गुरुङ, रिग्जिन गुरुङ, पेमाछिरिङ गुरुङ र सार्के लामासहित अन्य सदस्यहरु निर्विरोध निर्वाचित भएका छ ।

मुख्य निर्वाचन कार्यालयका अनुसार, डोल्पोबुद्ध र छार्काताङसोङ गाउंपालिकामा एक जना पनि दलित नभएकाले ती दुई गाउँपालिकाका १२ वडा सदस्य खाली राखिएको छ । डोल्पा सदरमुकाम दुनैको ठुलीभेरी नगरपालिका वडा नं। १० को वडाध्यक्ष, एक खुला सदस्य र दलित महिला सदस्यमा स्वतन्त्र उम्मेद्वारको मात्र उम्मेद्वारी परेको छ । त्यस्तै, एक खुला सदस्यमा एमालेका उम्मेद्वार निर्विरोध भएका छन् ।

डोल्पामा २ नगरपालिका र ६ गाउँपालिका गरी ८ स्थानीय तहमा ६५ वटा वडा रहेका छन् । अहिलेसम्म एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, २२ वडाध्यक्ष, २० महिला सदस्य, ३ जना दलित महिला सदस्य र ४२ जना खुला सदस्य गरी ८९ जना निर्विरोध भएका निर्वाचन कार्यालयले जनाएको छ ।