Breaking

विभिन्न जिल्लामा उम्मेदवारी दर्ता स्थल अशान्त, कार्यकर्ताबाटै कुटिए उम्मेदवार


काठमाडौँ – स्थानीय तह निर्वाचनका लागि अधिकांश स्थानमा उम्मेद्वारी दर्ता शान्तिपुर्ण भए पनि केहि स्थान भने तनावग्रस्त हुन पुगेको छ । कतै उम्मेरदवार कुटिएका छन् भने कतै निर्वाचन कार्यलयमा तालवन्दी भएको छ ।

सिन्धुपाल्चोक, खोटाङ, कास्की लगायत जिल्लामा उम्मेद्वारी दर्ता स्थल अशान्त बनेको छ । सत्ता गठबन्धन विच स्थानीय तहमा कुरा नमिल्दा अधिकांस स्थानमा बागि उम्मेरद्वार खडा भएका छन् । जसको फाइदा एमालेले लिने आंकलन गरिएको छ ।

सिन्धुपाल्चोकमा स्थानीय तहको उमेदवारी मनोनयनलाई लिएर नेकपा (माओवादी केन्द्र)का कार्यकर्ताबीच आपसमै झडप भएको छ । साँगाचोकगढी नगरपालिकामा उमेदवारीका विषयमा माओवादी केन्द्रभित्र विवाद छ ।

त्यस्तै, खोटाङमा मेयरको टिकटमा असन्तुष्टि जनाउँदै कांग्रेस कार्यकर्ताले उम्मेरदवारी दिन हेलीकप्टर मार्फत दित्तेल पुगेका धर्मराज पोख्रेललाई कुटपीट गरेका छन् । यद्दपी ठाउँठाउँमा बागी उम्मेद्वारका कारण ठूला पार्टीहरुलाई सकस परेको छ ।

विशेषगरि यसपटकको निर्वाचनमा पनि ठूला दलहरुबीच नै मुख्य प्रतिष्पर्धा हुने अनुमान गरिएको छ ।