राजनीति

भरतपुरको मेयरमा कांग्रेसका नेताले दिए स्वतन्त्रतर्फबाट उम्मेदवारी


काठमाडौँ – चितवनको भरतपुरमा कांग्रेसका असन्तुष्ट पक्षका उम्मेदवार जगन्नाथ पौडेलले भरतपुर महानगरको मेयरमा स्वतन्त्र उमेदवारी दर्ता गराउनुभएको छ । सत्ता गठबन्धनले भरतपुरमा माओवादी केन्द्रलाई मेयर पद दिने निर्णय गरेपछि असन्तुष्ट पौडेलले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

आज सोमवार कांग्रेसका कार्यकर्तासहित उहाँ मनोनयनस्थलमा पुगेर महानगरको मेयरमा उम्मेदवार दर्ता गराउनुभएको हो । कांग्रेसको झन्डासहित ठूलो सङ्ख्यामा सहभागी लिएर पौडेल उम्मेदवारी दर्ता गर्न पुग्नुभएको थियो ।

भरतपुर महानगरपालिका–७ कृष्णपुरका पौडेल नेपाली कांग्रेसका राष्ट्रिय सभाका पूर्वसांसद हुनुहुन्छ ।