Breaking

सत्ता गठबन्धनको बैठक बस्दै


काठमाडौँ — नेपाली कांग्रेसका वरिस्ठ नेता रामचन्द्र पौडेल संयोजकत्वको स्थानीय तह निर्वाचन तयारी तथा अनुगमन समिति बैठक आज बिहान बस्दैछ ।

बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा स्थानीय तह निर्वाचन केन्द्रीत छलफल हुने गठबन्धनमा आवद्ध एक नेताले जानकारी दिए ।

गठबन्धनमा आवद्ध पाँच दलले तालमेल गरेर स्थानीय तह निर्वाचन लड्ने निर्णय गरेका छन् । तर, केन्द्रमा निर्वाचनमा तालमेल गरेर जाने निर्णय भएपनि स्थानीय स्तरमा त्यसको उलंघन हुने क्रम बढ्दै गएको छ ।