अर्थनीति

बढ्यो सुन-चाँदीको मूल्य


काठमाडौँ — बुधबार सुन र चाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ पुगेको छ भने तेजावी सुनको भाउ १ लाख १ हजार रुपैयाँ पुगेको छ।

बुधबार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।