Breaking

गभर्नरमाथिको कारवाही कानुन अनुसार नै: अर्थमन्त्री


काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले गभर्नरमाथि गरिएको कारबाही कानुन अनुसार नै भएको बताएका छन् ।

सोमबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनमा गरेर मन्त्री शर्माले छानविन समितिको रिपोर्ट आएपछि धेरै कुरा प्रष्ट हुने बताए । उनले भने, ‘छानविन गर्ने कमिटी बनाएका छौं । यो रिपोर्टले धेरै जानकारी दिन्छ ।’

समितिले काम गरिहेको बेलामा गभर्नरमाथि लागेको आरोपबारे धेरै नबोल्ने उनले बताए । कर्जा प्रवाहको लक्ष्य १९ प्रतिशत राखेको भए पनि ३२ प्रतिशत पुगेको भन्दै उनले भने, समयमा नियन्त्रण गर्न आवश्यक हो कि होइन भनेर काम गर्ने राष्ट्र बैंकले हो ।’

अनुत्पादक क्षेत्रमा भएको कर्जा प्रवाहबारे आफूले पटकपटक चासो राख्दा पनि सुनुवाइ नभएको उनले बताए ।