काठमाडौँ – वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघले एक हप्तासम्म विलासी वस्तुहरुको प्रतितपत्र (एलसी) खोल्ने काम ठप्प पार्ने निर्णय गरेको छ । बैंकहरुले एलसी नखोल्दा बाहिर देशहरुबाट आयात हुने क्रम घट्नेछ ।
आइतबार बसेको संघको बैठकले वैशाखामा निक्षेपको ब्याजदर स्थिर राख्ने र सँगै एक हप्तालाई अत्यावश्यक बाहेकका वस्तुहरुको एलसी नखोल्ने निर्णय गरेको हो । बढ्दो आयातका कारण विदेशी मुद्रा बाहिरिने क्रम बढेको छ । विदेशी मुद्राको सञ्चिति घट्दा अर्थतन्त्र समस्यामा पर्न सक्ने भन्दै राष्ट्र बैंकले विलासिताका वस्तुहरुको एलसी नखोल्न भनेको छ ।
कम्तीमा एक हप्ता ठप्प बनाउने र त्यसपछि आवश्यकताका आधारमा निर्णय गर्नुपर्ने संघको निर्णय छ । राष्ट्र बैंकले केही दिन पहिले सबैं बैंकका सीईओहरुलाई बोलाएर एलसी नखोल्न मौखिक निर्देशन दिएको थियो । बैंकहरुले आफू खुसी निर्णय कार्यान्वयन गरे पनि संघमा भने आइतबार पहिलो पटक अत्यावश्यक बाहेकको एलसी ठप्पै पार्ने सहमति भएको हो ।
प्रतिक्रिया