अर्थनीति

सुन र चाँदीको मूल्य बढ्यो


काठमाडौँ — नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला पाँच सय रुपैयाँले बढेको हो ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा पुगेको छ । त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९९ हजारमा आइपुगेको छ ।

त्यस्तै शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको हो । चाँदी प्रतितोला १३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।