Breaking

फेरि बढ्यो पेट्रोलको मूल्य, लिटरको कति ?


काठमाडौँ — पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले मूल्य बढाएर प्रतिलिटर १६० रुपैयाँ पुर्याएको हो ।

त्यसैगरी डिजेल र मट्टितेलको मूल्य पनि १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ । निगमले हवाइ इन्धन ९आन्तरिक० को प्रतिलिटर ५ रुपैयाँले बढाई १५६ रुपैयाँ पुर्याएको छ । हवाइ इन्धन (अन्तर्राष्ट्रिय) तर्फ अमेरिकी डलर ५० ले वृद्धि गरी प्रतिकिलोलिटर १ हजार ५ सय ४५ कायम गरिएको छ ।

एलपी ग्यासको मूल्य पनि १६ सय प्रतिसिलिन्डर कायम गरिएको छ । निगमले पछिल्लोपटक गरेको मूल्य समायोजनपछि १ महिनाको अनुमानित घाटा ९ अर्ब २७ करोड हुने जनाएको छ । यो आवमा हालसम्म ३३ अर्ब हाराहारीमा नोक्सानी व्यहोरेको निगमको दाबी छ ।

बढेको मूल्य मंगलबार राति १२ बजेदेखि नै कार्यान्वयनमा आएको छ । यसैबीच सरकारको मातहतमा रहेको मूल्य स्थिरीकरण कोषको सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउन निगमलाई ४ अर्ब २० करोड दिने निर्णय गरेको छ ।