काठमाडौँ – चालू आर्थिक वर्षको आठ महिनामा नेपालको व्यापार घाटा ११ खर्ब नाघेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको फागुन महिनासम्म नेपालको व्यापार घाटा ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रुपैयाँ पुगेको हो ।
गत आवको सोही अवधिमा नेपालको ८ खर्ब ६३ अर्ब २० करोड ९३ लाख बराबरको व्यापार घाटा व्यहोरेको थियो ।
तथ्यांक अनुसार यस अवधिमा १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ, भने एक खर्ब ४७ अर्ब ७४ करोड ६० लाख ६६ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको देखिन्छ ।
प्रतिक्रिया