देश

चुनावका लागि १ लाख जना म्यादी प्रहरी माग (सूचनासहित)


काठमाडौँ – यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ ।

नेपाल प्रहरीले एक लाख जना म्यादी प्रहरीका लागि भर्ना खोलेको हो । प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै भर्ना खुलाएको हो ।

इच्छुकले यही चैत ६ देखि ११ गतेसम्म आवेदन दिन पाउनेछन् ।