काठमाडौँ — प्रमुख पार्टीहरूले स्थानीय तहको निर्वाचनलक्षित कार्यक्रम अगाडि बढाएका छन् । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरू कार्यक्रमका साथ गाउँ गाउँ पसेका हुन् । सत्ताको नेतृत्वको गरेको नेपाली काँग्रेसले आइतबारबाट ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान थालेको छ ।
यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेले एक चरणको प्रदेशस्तरीय प्रशिक्षण सकेको छ । यता माओवादी केन्द्र प्रदेश प्रशिक्षण कार्यक्रम गरिरहेको छ भने नेकपा एकीकृत समाजवादी पनि आन्तरिक तयारीमा छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टी चुनावीसभा नै थालिसकेको छ भने विवेकशील साझा पनि चुनावी रणनीति बनाइ रहेको छ ।


प्रतिक्रिया