देश

जन्ती बोकेको टिपर पल्टिँदा दुईको मृत्यु‚ २४ घाइते


काठमाडौँ — सिन्धुलीको दुधौली नगरपालिका ५ मा जन्ती चढेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु र २४ जना घाइते भएका छन् । आइतवार राति सवा ८ बजे वाणेगाउँबाट उदयपुरको कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा कटारी नगरपालिका-२ का १९ वर्षीय दीपेन्द्र कुँवर र २४ वर्षीय अजय दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेकाले काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्य घाइतेहरुको विराटनगर, कटारी र सिन्धुलीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बेहुला र बेहुली भने अर्को गाडीमा रहेको बताइएको छ। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैबीच, सिरहाको नरहागाँउपालिका(३ खोरियाटोलस्थित चोहर्वा(सिरहा सडकखण्डमा आइतवार राति कार दुर्घटना हुँदा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन् । धनुषाको कमला नगरपालिका-१ का २२ वर्षीय धिरज मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।