Breaking

पिर’गितबाट उत्तेजित नहुन कार्यकर्तालाई प्रचण्डको आग्रह


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतको ‘पिर’ गीतबाट उत्तेजित नहुन कार्यकर्तालाई आग्रह गरेका छन् । सुदूरपश्चिम पार्टी प्रशिक्षणको सिलसिलामा धनगढी पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग कुरा गर्दै उत्तेजित नहुन कार्यकर्ताले भनेका हुन् । उनले आफूले सबै गीत हेर्न नपाएको उल्लेख गर्दै जनयुद्धबारे सयौं वर्षसम्म बहस भइरहने हुँदा अहिले नै उत्तेजित हुन नपर्ने बताए ।

उनले भने, ‘तर्क वितर्क हुन्छन्, त्यसलाई स्वाभाविक रुपले लिनुपर्छ’। उनले जनयुद्धसँगै शान्ति प्रक्रिया आएको हुँदा गर्व गर्ने पक्ष पनि धेरै रहेकाले अहिले विचलित हुनुपर्ने अवस्था नरहेको पनि बताए । प्रकाश सपुतको माओवादी जनयुद्धमा आधारित गीत सार्वजनिक भएपछि माओवादीका नेता तथा कार्यकर्ताले यसको विरोध गरिरहेका छन् ।