देश

नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा जङ्गबहादुर लामा विजयी


काठमाडौँ — नेपाली कांग्रेस सिन्धुपाल्चोकको सभापति पदमा जङ्गबहादुर लामा विजयी हुनुभएको छ । लामाले ९ सय १२ मत प्राप्त गरी प्रतिद्वन्द्वी वंशलाल तामाङलाई पराजित गर्नुभएको हो ।

नेता जङ्गबहादुरका प्रतिद्वन्द्वी तामाङले ८ सय ४८ मत प्राप्त गर्नुभएको छ। निर्वाचन समितिका अनुसार सभापति पदका लागि हिजो दोस्रो चरणको मतदान भएको थियो । मतदानमा १ हजार ७ सय ८३ मत खसेको थियो ।