काठमाडौँ — सिन्धुपाल्चोकको बलेफी भाँगेमा र्याफ्टीङ प्रशिक्षण केन्द्र निर्माणाधिनस्थलमा निर्माण व्यवसायीमाथि स्थानीय केही युवाहरुले सांघातिक आक्रमण गरेका छन् । चनौटेका करिव एक दर्जन युवाहरुको समूहले निर्माण व्यवसायी दावा भनिने नेमा तामाङलाई आइतबार राती निर्माणस्थलमै आक्रमण गरेका हुन् । प्रशिक्षण केन्द्र जाने सडक निर्माण भइरहेका बेला ठेक्का कम्पनी आर. एस. एस. का प्रतिनिधि तामाङ माथि निर्घात कुटपिट भएको हो ।
पर्यटन व्यवसायी एवं प्रत्यक्षदर्शी नारायण श्रेष्ठले राती नौ बजे पछि एक हुल युवाहरु निर्माणस्थलमा आएर एकाएक कुटपिट गरेको बताए । पीडितको छात्ति तथा शरिरका विभिन्न भित्री भागमा चोट लागेको बताइएको छ । पीडितले प्रहरी चौकी बलेफीमा चनौटे गाउँमा जाहेरी दिएका छन् । प्रहरीले अहिलेसम्म कुटपिट गर्नेहरुलाई नियन्त्रणमा लिएका छैन् ।
निर्माणस्थल नजिकका ती युवाहरुलाई चन्दा नदिएको रिसमा आफूलाई कुटपिट गरेको पीडित तामाङको दावी रहेको छ । भोटेकोशी र्याफ्टीङको नामले प्रशिद्ध सुकुटे नजिकै भाँगेमा अन्तर्राष्ट्रिय र्याफ्टीङ प्रशिक्षण केन्द्र सञ्चालनका लागि पर्यटन विभागले निर्माण आयोजना सुरु गरेको छ ।


प्रतिक्रिया