काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले पछिल्लो समय अर्थतन्त्रमा देखिको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताउनु भएको छ ।
आज भन्सार विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थतन्त्रमा देखिको चुनौतीले भन्सारमा समेत प्रभाव पारेको बताउनु भएको हो ।
नेपाल राष्ट्र बैंकले विभिन्न बस्तुको आयातमा प्रतिबन्ध तथा केहि बस्तु आयातमा मार्जिनको व्यवस्था गर्दा अर्थतन्त्रमा चुनौती देखिएको भए पनि समस्या समाधान गर्न सिमित समयको यस प्रकारको ब्यबस्था लागु गरिएको बताउनु भयो ।
मन्त्री शर्माले यो व्यवस्था अर्थतन्त्रको स्थिति सहज हुनासाथ हट्ने स्पष्ट पार्नु भयो ।
अर्थमन्त्री शर्माले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्य अनुसार राजश्व संकलन भएको बताउनु भयो ।
प्रतिक्रिया