काठमाडौँ — सयौको संख्यामा रुसी सैन्य गाडी युक्रेनको राजधानी किभमा पस्न थालेका छन् । किभलाई चारै दिशाबाट घेर्दै रुसी सेना पसेको हो । किभमा रातभर रुसी सेनाले हवाई हमला गरेको थियो । राजधानी बाहिरको सैन्य अखडाहरुमाथि बम हमला गरेको थियो । रुसी सेनाले युक्रेनी सैन्य अखडाहरुमाथि कब्जा जमाएको दाबी गरेको छ ।
किभमा रुसी सेना र युक्रेनी सेनाबीच भिषण भिडन्तहरु भएका छन् । त्यहाँ ठूलै हताहती भएको जनाइएको छ । यसैगरी युक्रेनका राष्ट्रपति भोल्दिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जेरुसेलममा वार्ता गर्ने प्रस्ताव राखेका छन् । उनले रुस या बेलारुसमा वार्ता नगर्ने बताएका छन् ।


प्रतिक्रिया