देश

ठूलो दुर्घटनाबाट देश माओवादीले बचायो : प्रचण्ड


काठमाडौँ — पुर्व प्रधानमन्त्रि तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी जनवादी युगबाट समाजवादी युगमा प्रवेश गरेको बताएका छन् । शुक्रबार वीरेन्द्रनगरमा आयोजित माओवादी कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हामी क्रान्तिको रक्षा र प्रतिक्रान्ति रोक्न सक्षम भएको कुरा स्थापित भएको छ ।

अब रंगिन क्रान्ति गर्न हामी तयार छौं ।’ पार्टी कार्यकर्तालाई उनले राष्ट्रिय महाधिवेशनबारे पनि जानकारी गराएका थिए । कोरोना भाइरस र राष्ट्रिय राजनीतिक परिवेशका कारण केन्द्रीय कमिटीको बैठक ढिला हुन भएको हो ’ उनले भने, ‘महाधिवेशन अरुभन्दा फरक गरेका थियौं ।’ साथै प्रचण्डले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै प्रतिगमन, संविधान र प्राप्त उपलब्धिलाई ध्वस्त पार्ने र देशलाई असफल पार्ने षड्यन्त्र रचिरहेकाहरुविरुद्ध माओवादी लडेर सफल भएको दाबी समेत गरे ।