बिजनेस

एमसीसीको ग्लोबल टेण्डरमा भाग लिन नेपालका निर्माण व्यवसायीलाई प्रधानमन्त्री देउवाको आग्रह


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अन्तर्गत हुने पुर्वाधार निर्माणको ग्लोबल टेण्डरमा सहभागी हुन नेपालका निर्माण व्यवसायीलाई आह्वान गर्नुभएको छ ।

नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अमेरिकी कानुन अनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालका निर्माण व्यवसायीलाई पनि यसमा भाग लिन आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले हाल कार्यान्वयनमा रहेको सार्वजनिक खरिद ऐनलाई समयसापेक्ष र व्यवसायीहरुको माग तथा सुझाव बमोजिम परिमार्जन गरिने समेत आश्वस्त पारेका छन् ।