देश

युट्युबलाई नियन्त्रण गर्ने होइन नियमन गर्न नयाँ नियम बनाएको हो : सञ्चार मन्त्री


काठमाडौँ — सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले युट्युबलाई सरकारले नियन्त्रण गर्न नखोजेको बताएका छन् । बरू थप व्यवस्थित गर्न खोजिएको दाबी उनको छ। मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने नियमित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले नयाँ नियम कार्यान्वयनमा आएपछि अभिव्यक्ति स्वतन्त्रता पनि व्यवस्थित हुने उनले बताए ।

युट्युबलाई नियन्त्रण गर्ने होइन नियमन गर्न नयाँ नियम बनाएको हो । यसले युट्युबलाई थप व्यवस्थित गर्छ,’ उनले भने, ‘युट्युब चलाउनका लागि तोकिएको रकमका विषयमा छलफल गरेर निर्णय गर्न सकिन्छ ।’