Breaking

भारतको विधानसभा चुनावमा सत्तारुढ भाजपाको अग्रता, वैकल्पिक शक्ति आम आदमीको शान्दार उदय


काठमाडौँ – भारतका पाँचमा राज्यमा भएको विधानसभा चुनावको मतगणना जारी छ । कतिपय स्थानको मतमरिणाम समेत सार्वजनिक भईसकेको अहिलेसम्मको अवस्थामा सत्तारुढ भाजपाकै अग्रता कायम छ । वैकल्पिक शक्तीको प्रभाव राम्रो देखिएको छ भने प्रमुख प्रतिपक्षी कांग्रेसको लज्जापद हार देखिएको छ ।

विधानसभा निर्वाचनमा भारतका ५ ओटा राज्यको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन भएका राज्यहरु उत्तर प्रदेश, पञ्जाब, गोवा, उत्तराखण्ड र मणिपुरमा विधानसभाको मतपरिणाम अन्तिम चरणमा छ । पछिल्लो मत मरिणाम अनुसार अधिंकाश स्थानमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाले अग्रता कायम गरेको छ भने वैकल्पिक शक्ती आम आदमी पार्टीले पनि आफूलाई प्रमाणित गर्दै लगेको छ । तर कांग्रेसले भने नराम्रो हार व्यहोरेको छ ।

सबैभन्दा धेरै जनसंख्या रहेको उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाले बहुमत ल्याउने देखिएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार उत्तर प्रदेशमा सत्तारुढ भाजपाले कूल ४०३ सिटमध्ये २५ सिट जितेको छ भने २४६ मा अग्रता लिएको छ । उत्तर प्रदेशमा सरकार बनाउन २०२ सिट भए पुग्छ । जहाँ दोश्रो स्थानको समाजवादी पार्टीले केबल ११५ सिट ल्याउने देखिएको छ ।

तेश्रो स्थानको बहुजन समाज पार्टीको जम्मा ६ सिटमा अगाडि छ भने कंग्रेस पार्टीले केबल ३ सिटमा चित्त बुझाएको छ । सार्वजनिक गरिएको सुरुवाती नतिजाअनुसार उत्तराखण्ड र मनिपुरमा पनि भाजपा स्पष्ट रूपमा विजयी हुने देखिएको छ । उत्तराखण्डमा भाजपाले ७० मध्ये ४८ सिटमा जित हात पार्ने देखिएको हो । जहाँ सरकार बनाउन ३६ सिट भए पुग्छ । यसअघि २०१७ मा पनि उत्तराखण्डमा भाजपाले नै बहुमत ल्याएको थियो ।

तर पूर्वमुख्यमन्त्री पुष्कर सिंह धामीले भने चुनाव हारेका छन । यता पन्जाबमा आमआदमी पार्टीले ऐतिहासिक जित हासिल गरेको छ । आमआदमीले बहुमत संख्या पार गर्दै झन्डै ९० सिटको अग्रता हासिल गरेको छ । जहाँ मुख्यमन्त्री चरनजीत सिंह चन्नी भने पराजित भएका छन दिल्लीमा ८ वर्षदेखि सरकार चलाइरहेको आम आदमी पार्टीले राजनीति थालेको १० वर्षमा दोस्रो राज्यमा बहुमतको सरकार बनाउने भएको हो ।

पन्जावमा सन् २०१७ मा भएको विधान सभा चुनावमा कंग्रेसले ७७ सिट जितेकोमा अहिले भने विभाजनको परिणाम देखिएको छ । विभाजित भएको कंग्रेसले अहिले १२ सिटमा मात्रै अग्रता लिइरहेको छ । यसअघि दिल्लीमा पनि आम आदमीले कांग्रेसलाई नै पराजित गरेको थियो । पन्जाब विधान सभा जित्नु उसको लागि ऐतिहासिक सफलता हो ।

अव त्यहा भागवन्त मान मुख्यमन्त्री बन्नेछन् । जो पन्जाबमा जनतालाई सोधेर नै छानिएका मुख्यमन्त्रीका उम्मेदवार हुन । आम आदमी पार्टीको यो विजयलाई भारतीय राजनतिमा वैकल्पिक शक्तीको उदयका रुपमा हेरिएको छ । दिल्लीमा जनप्रिय काम गरेपनि अन्य राज्यमा फैलिन मुस्किल भईरहेको उसलाई यो जितले अझ उत्साह थपिदिएको छ ।