राजनीति

शिथिल भएको अर्थतन्त्रलाई पहिलेकै अवस्थामा फर्काउने काम भइरहेकाे छ: प्रधानमन्त्री


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ का कारण रोकिएको र शिथिल भएको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले विभिन्न कार्यक्रम ल्याइरहेको बताउनु भएको छ ।

आज वीरगञ्जमा आयोजित नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले कोरोनाका कारण देशको अर्थतन्त्रमा पु¥याएको क्षतिलाई पुनः पहिलेकै अवस्थामा फर्काउने गरी सरकारले काम गरीरहेको बताउनु भयो ।

प्रधानमन्त्री देउवाले घरेलु तथा साना उद्योग अर्थतन्त्रको मेरुदण्ड भएकाले यो बिना देशमा आर्थिक, समाजिक रुपान्तरण हुन नसक्ने बताउनु भयो ।

प्रधानमन्त्री देउवाले अर्थतन्त्र बलियो बनाउनमा घरेलु तथा साना उद्योगको योगदान अनुसार सरकार सहयोग गर्न प्रतिवद्ध रहेको जिकिर समेत गर्नुभयो ।