देश

राजेश हमाल पार्टी प्रबेश गर्दै


काठमाडौँ — महानायक राजेश हमाल नेकपा एमालेमा प्रवेश गर्ने सम्भावना रहेको छ । उनलाई एमालेमा ल्याउन उक्त दलका नेताहरुले छलफल बढाएका छन् । हमालले राजनीतिमा आउने चाहना गरिरहेका छन् । उनले युट्युब च्यानलमार्फत् काठमाडौंको मेयर बन्ने इच्छा देखाएका छन् ।

मेयरको उम्मेदवारका लागी हमालले इच्छा देखाएसँगै एमालेमा यसबारे छलफल चलेको हो । नेपाली चलचित्र क्षेत्रका महानायक भनिने गरिएका हमाललाई एमाले भित्राउन अध्यक्ष केपी शर्मा ओलीसम्म कुरा पुगेको स्रोतले बतायो । ओलीले पनि लोकप्रीय अनुहारहरुलाई पार्टीमा ल्याउने प्रयास गरिरहेका छन् ।