देश

एमसीसी विरोधीको मोर्चा बन्दै


काठमाडौँ — एमसीसीविरोधीको मोर्चाबन्दी गरेर बलियो शक्ति बनाउने अभियानमा विप्लव लागेका छन् । एमाले, माओवादी र नेकपा एसबाट समेत नेताहरुलाई तानेर अलग मोर्चा बनाउने प्रयासले गति लिएको हो । मोर्चा बनाउने सफलता हासिल भए एमाले, माओवादी र नेकपा एस समेतलाई धक्का लाग्न सक्छ । सबैभन्दा ठूलो धक्का माओवादीलाई लाग्न सक्छ । झलनाथ खनाल, डा भीम रावल, नारायणकाजी श्रेष्ठ, नारायणमान विजुक्च्छेलगायतका नेतालाई भेटिसकेका छन् ।

एमसीसी अनुमोदन गरेको भन्दै माओवादीभित्र नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङलगायत नेता असन्तुष्ट छन् । नेकपा एसमा झलनाथ खनाल असन्तुष्ट छन् । एमालेमा भीम रावल खुला रुपमै एमसीसी विरोधी हुन् । यसरी एमसीसी विरोधीको मोर्चा बन्ने प्रयास चलिरहँदा प्रचण्ड र माधव नेपाल सतर्क भएका छन् ।