राजनीति

राजनीतिक दलहरूको चुनावी तयारी तीव्र


काठमाडौँ – स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरूले चुनावी तयारीलाई तीब्र पारेका छन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस एक महिने चुनावी अभियानको अन्तिम तयारीमा जुटेको छ ।

सत्तारुढ दल माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी दल एमालेलगायतका दलहरू देशव्यापी अभियानमा होमिएका छन् । आन्तरिक विवादमा फसेको जनता समाजवादी पार्टीले भने पार्टीको बैठकपछि मात्र औपचारिक रुपमा चुनावी कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।

निर्वाचनमा दलहरुबीच बन्न सक्ने समीकरणको लेखाजोखा र तल्लो तहमा राजनीतिक गतिविधि बढेका छन् । निर्वाचन आयोगले पनि तीब्रताका साथ तयारी गरिरहेको छ । चुनावसँग सम्बन्धित विभिन्न गतिविधिमा व्यस्त आयोगले निर्वाचन आचारसंहिता निर्माण गर्ने लगायत कार्यलाई अघि बढाएको छ ।