Breaking

मतगणना सहजताका लागि मतपत्रमा हरियो रङको चिह्न


काठमाडौँ – निर्वचन आयोगले मतगणना सहजका लागि मतपत्रको रङ परिवर्तन गरेको प्रतिक्रिया दिएका छन् । मतपत्र र स्वस्तिक चिह्न एउटै हुँदा मतगणनामा समस्या हुने भएपछि रङ परिवर्तन गर्न परेको स्प्रष्ट पारेको हो ।

गणनामा सजिलो होस् भन्ने उद्देश्यले मात्र चुनाव चिह्नको रङ र स्वस्तिक छापको रङमा भिन्नता ल्याउन खोजिएको आयोगले जनाएको छ ।

बिहीबार आयोगले नियमित पत्रकार सम्मेलन गर्दै यो आफ्नो नितान्त क्षेत्राधिकार भित्र पर्ने पनि स्प्रस्ट पारेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मतपत्रमा चुनाव चिह्न हरियो रङ बनाएकोमा आपत्ति जनाएको थियो ।