काठमाडौँ — उत्तर कोरियाका शीर्ष नेता किम जोङ उनले आफ्नो देशले अन्तरिक्षमा धेरै सैन्य जासूसी उपग्रह प्रक्षेपण गर्ने बताएका छन् । आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सीले बिहीबार उल्लेख गरेको छ ।
नेशनल एरोस्पेस डेभलपमेन्ट एडमिनिस्ट्रेशन (नाडा)को हालैको निरीक्षणको क्रममा किमले उक्त टिप्पणी गरेका हुन् । फेब्रुअरी २७ र मार्च ५ गते दुईवटा भूउपग्रह परीक्षण गर्ने नाडाले सार्वजनिक गरेको प्रमुख परीक्षणको नतिजाप्रति शीर्ष नेताले सन्तुष्टि व्यक्त गरेका छन् । भूउपग्रहको विकासलाई सार्वभौमसत्ता र राष्ट्रिय हितको रक्षाका लागि महत्त्वपूर्ण काम भएको उनले बताएका छन् ।


प्रतिक्रिया