Breaking

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा आगलागी


काठमाडौँ — ताप्लेजुङको फक्तालुङ गाउँपालिका–६ अम्जिल्हासास्थित कञ्चनजङ्घा संरक्षण क्षेत्रमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आगलागी बिहीबार बिहान देखि सुरु भएको हो । सुख्खा मौसम भएसँगै कञ्चनजङ्घा संरक्षण क्षेत्रमा आगलागीका घटना बढ्न थालेको संरक्षण क्षेत्रको कार्यालयले जनाएको छ ।

संरक्षण क्षेत्र अवस्थित फक्ताङलुङ गाउँपालिका–६ अम्जिल्हासा क्षेत्रमा पर्ने सामुदायिक वनमा अहिले आगलागी भइरहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष खगेन्द्र लिम्बूले जानकारी दिए । एउटा घर जलेर नष्ट भएको खबर आएको छ ।

आगलागी नियन्त्रणभन्दा बाहिर गएको छ,’ उनले भने । डढेलो नियन्त्रणमा लिन सेकाथुम गाउँबाट थप जनशक्ति परिचालन भएको संरक्षण क्षेत्रले जनाएको छ । डढेलो समयमै नियन्त्रणमा आउन नसके ठूलो क्षति हुन सक्ने संरक्षण क्षेत्रले जनाएको छ ।