राजनीति

कांग्रेसबाहेकको गठबन्धन बन्न सक्छ: नेता गंगालाल


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का नेता गंगालाल तुलाधरले आगामी स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस बाहेकको गठबन्धन बन्नसक्ने बताउनु भएको छ ।

बिहीवार केन्द्रिय कमिटीको तेस्रो बैठकका बारेमा जानकारी गराउने क्रममा नेता तुलाधरले यस्तो बताउनु भएको हो । उहाँले गठबन्धनमा काँग्रेस सहभागी नबने काँग्रेस स्वयंलाई घाटा हुने बताउनु भयो ।

नेता तुलाधरले स्थानीय तहको निर्वाचनमा काँग्रेस गठबन्धनबाट छुट्टिने दोस्रो तहका नेताहरुको भनाई सस्तो लोकप्रियताका लागि मात्रै भएको बताउनु भयो ।

नेता तुलाधरले गठबन्धन पाँच दललाई नै आवश्यक रहेकोले स्थानीय चुनावमात्रै नभइ प्रदेश र संघीय चुनावमा पनि गठबन्धनका लागि प्रयत्न गर्न आवश्यक रहेको बताउनु भयो ।

नेता तुलाधरले चुनाव प्रचारप्रसारका लागि ५ हजारको हाराहारीमा कमिटी बनिसकेको र अबको डेढ महिनाभित्र केन्द्रिय सदस्यलाई वडा तहसम्म परिचालित गर्ने कार्यक्रम लिएर जनतामा जाने बताउनु भयो ।