देश

अध्यक्ष र उपाध्यक्षको अश्लील गाली भाइरल


काठमाडौँ — एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालको एक अडियो बुधबारदेखि सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । अश्लील शब्दमा गाली गरेको अडियो सञ्जालमा भाइरल भएको हो । अडियोमा पालले अश्लील शब्दमा गाली गरेर ज्यान मार्ने धम्की समेत दिएको सुनिन्छ । उक्त अडियोमा पालले अनेरास्ववियूका कार्यकर्ता यज्ञ भट्टलाई गाली गरेको खुलेको छ ।

यस्तै बैतडीकै शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले पनि अश्लील शब्दमा गाली गरेको अडियो भाइरल भएको छ । उनले आफूलाई पार्टीबाट पछार्न खोजेको भन्दै विभिन्न अश्लील शब्द बोलेकी छिन् ।