अर्थनीति

सुनको मूल्य साढे ३ हजार घट्यो


काठमाडौँ — सुनको भाउ प्रतितोला साढे ३ हजार रुपैयाँ घटेको छ । बुधबार नयाँ मूल्य रेकर्ड बनाएको सुन बिहीबार प्रतितोला १ लाख २ हजार रुपैयाँमा झरेको छ । बुधबार १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भई उच्च मूल्य रेकर्ड कायम भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि २०७७ साउन २३ गते प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ मूल्यको उच्च रेकर्ड बनेको थियो । बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला १४५० रुपैयाँ मूल्य कायम भएकोमा बिहीबार १४०५ मा झरेको छ । बुधबार चाँदीको भाउले पनि उच्च मूल्य रेकर्ड बनाएको हो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा भएको उतारचढाव अनुसार नेपालमा दैनिक रुपमा नयाँ मूल्य तय गरिँदै आएको छ । महासंघका अनुसार रुस र युक्रेनको द्वन्द्वका कारण केही सातादेखि सुनको मूल्यमा असर परेको हो ।