Breaking

रुस–युक्रेन युद्धले संकट उन्मुख विश्व अर्थतन्त्र


काठमाडौँ – रुस र युक्रेनबीचको युद्ध दुई सातादेखि निरन्तर चलिरहेको छ । जसका कारण विश्वमै आयात निर्यातमा प्रत्यक्ष असर परिरहेको छ । मुख्यत पेट्रालियम पदार्थ र खाने तेलको मुल्य आकाशिएको छ, जसको प्रभाव आम सर्वसाधरणको भान्छासम्मै पर्न थालेको छ ।

२४ फेब्रुअरीबाट सुरु भएको युक्रेन–रुस युद्ध जारी छ । यो युद्ध कति लम्बिन्छ अझै आँकलन गन सकिने अवस्था छैन । दुई देशको युद्धका कारण विश्व दुई ध्रुवमा विभाजित छ ।

युद्ध अन्त्य गर्न रुसमाथि शतिm राष्ट्रहरुको दवाव जारी छ । नेपालले समेत रुसलाई आक्रमण अन्त्य गर्न दवाव दिँदै युक्रेनको पक्षमा उभिएको छ । जारी युद्धका कारण हुने क्षतिको कुनै लेखाजोखा छैन । तर यता संसारभर आर्थिक संकटको संकेत देखा परिसकेको छ ।

युद्ध सुरु भएको दुई सातामै विश्व बजार अत्तालिएको छ । इन्धनको मुख्य केन्द्र रुस युद्धमा होमिदा पेट्रालियम पदार्थ र खानेतेलको मुल्य विश्वभर उच्च भएको छ । डलरको तुलनामा विश्वभरीका मुद्रा कमजोर अवस्थामा पुगेका छन् । रुस र युक्रेनबीचको तनावले नेपालमा पट्रोलियम पदार्थ तथा खाने तेलको मूल्य अझै वृद्धि हुने विश्लेषण जारी छ ।

पट्रोलियम पदार्थ तथा खाने तेलको सहज आपूर्तिको लागि समयमा नै आपूर्ति गरेर भण्डारण गर्नुपर्ने कतिपयको सुझाव छ । पट्रोलियम पदार्थ लगायत खाद्यान्नको समेत मुल्य बृद्धि हुने भएकाले सरकारले पट्रोलियम पदार्थको कर घटाउनेदेखि पेट्रोलियम पदार्थको खपत घटाएर विद्युतिय खपतमा जोड दिनुपर्ने विज्ञहरुको सुझाव छ ।

अन्तराष्ट्रिय स्तरमा पेट्रोलको मुल्य बढे पनि सरकारले चाहे कर घटाएर मुल्य कम गर्न सकिन्छ । तर मुल्यमा बहस गर्नुभन्दा पनि पेट्रालियम पदार्थको विकल्पमा विद्युतको खपत बनाउनु पर्ने जलस्रोतविद्हरुको सुझाव छ ।

युद्धका कारण आयात निर्यात प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर सबै क्षेत्रमा परेको छ । नेपालमा दैनिक उपभोग्य सबै सामानको बजार मूल्य महंगिएको छ । आम सर्वसाधरणको भान्छा थप महंगीको मारमा परेको छ । अझ कति महंगि बढ्छ यकिन गर्न कठिन छ ।