देश

पल्पसा डंगोल (चम्सुरी)को मिर्गौला प्रत्यारोपण सफल


काठमाडौँ — कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ । बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकले चार घण्टा लामो शल्यक्रियामार्फत उनलाई एउटा मिर्गौला प्रत्यारोपण गरेका हुन् । पल्पसालाई भाइ नाता पर्ने अजु डंगोलले मिर्गौला दान दिएका हुन् । पल्पसालाई अझै एकसाता अस्पतालमै राखिनेछ भने मिर्गौला दान दिएका अजुलाई चार दिनसम्म राखिनेछ ।