काठमाडौँ – अमेरिकाले रूसबाट आयात हुने कच्चा तेल, प्राकृतिक ग्यास, लगायत सबै किसिमका इन्धनमा प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी तेलमा प्रतिवन्धको घोषणा गरेका हुन् ।
युक्रेनमाथि सैन्य हमला गरेको रूससँग सबै किसिमका साझेदारी अन्त्य गरेर दबाब सिर्जना गर्ने रणनीतिअनुरूप अमेरिकाले पेट्रोलियम आयातमा प्रतिबन्ध लगाएको जनाएको छ ।
अमेरिकाले सन् २०२१ मा महिनाको २ करोड ब्यारेलभन्दा बढी अर्थात अमेरिकी मागको तीन प्रतिशत कच्चा तेल र प्रशोधित पेट्रोलियम पदार्थ रूसबाट आयात गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
रूसको हमलापछि कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य लगातार बढ्दै गएको छ । प्रतिबन्ध घोषणापछि कच्चा तेलको अन्तर्राष्ट्रिय मूल्य थप वृद्धि हुनेछ ।


प्रतिक्रिया