राजनीति

काँग्रेसको एक महिने चुनावी अभियान सुरु, गठबन्धन चुनावी तालमेलबारे अहिल्यै बोल्नु हतार हुने


काठमाडौँ – नेपाली कांग्रेसले आगामी स्थानीय चुनावमा सत्ता गठबन्धनभित्रको तालमेलबारे अहिल्यै नै बोल्नु हतार हुने जनाएको छ ।

एक महिने चुनावी अभियानबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.प्रकाशशरण महतले यस्तो बताउनुभएको हो ।

पत्रकार सम्मेलनमा उपस्थित उपसभापति पूर्णबहादुर खड्काले चुनावी तालमेल को सँग गर्ने वा नगर्ने भन्ने विषयमा कांग्रेस केन्द्रीय समिति र कार्यसम्पादन समितिले निर्णय गर्ने बताउनुभयो ।