राजनीति

विश्व बजारमा तेलको मूल्य २००८ पछिकै उच्च, नेपाली बजारमा प्रत्यक्ष प्रभाव


काठमाडौँ – यतिबेला तेलको भाउ २००८ पछिकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । अमेरिका सहित यसका मित्रराष्ट्रहरुले रुसी आपूर्तिमा प्रतिबन्ध लगाउनेबारे छलफल गरेसँगै तेलको मूल्य १४ वर्षकै उचाइमा पुगेको हो ।

त्यस्तै ग्यासको मूल्य पनि सबैतिर बढ्ने संकेत देखिएको छ । कच्चा तेलको मूल्य केही दिनमै प्रति ब्यारल १३९ डलर पुगेको हो । एक ब्यारल १५९ लिटर बराबर हुन्छ ।

तुलना गर्ने हो भने २०२१ मा कच्चा तेलको मूल्य औसतमा प्रति ब्यारल ६२.२६ डलर मात्र थियो । युक्रेनमा रुसको आक्रमण सुरु भएदेखि नै ऊर्जा बजारमा ठूलो उतारचढाव देखिएको छ । यसमा अहिले नै दुनियाँभर उपभोक्ताहरुले इन्धनको मूल्य वृद्धि महसुस गरिसकेका छन् ।

तेलका साथै यसले शेयर बजारमा पनि ठूलो प्रभाव पारिरहेको छ । रुस विश्वकै प्रमुख तेल निर्यातकर्ता भएकाले पनि यससँग कारोबार ठप्प पार्नुले दुनियाँभर असर गर्ने पक्का छ ।